Trending :
 

दशैँ मान्न गएकाहरु उपत्यका फर्किन थाले (फोटो फिचर)

कार्तिक १०,२०८०

-आस्था न्यूज

कात्तिक १०, २०८० काठमाडौं ।
दशैँका लागि देशका विभिन्न स्थान पुगेकाहरु धमाधम सामान्य दैनिकीमा फर्किन थालेका छन् ।
 
दशैँ मान्न काठमाडौं उपत्यका छोडेकाहरु पनि फर्कन थालेपछि अहिले काठमाडौँका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा-नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।
 
आजदेखि दशैँ बिदा सकिने भएकाले गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । 
 
आजदेखि सरकारी कार्यालय खुलेपनि भोलि शनिबार परेकाले आज कमै मात्रै यात्रुहरु फर्किएका छन् । भोलिदेखि भने काठमाडौंमा ट्राफिक चाँप बढ्ने ट्राफिक प्रहरीको अुनमान छ ।