Trending :
 

बुद्धले थप्यो नयाँ जहाज, हवाई सेवा सरल र सहज हुने कम्पनीको विस्वास

कार्तिक ११,२०८०

-आस्था न्यूज

कात्तिक ११, २०८० काठमाडौं ।
बुद्ध एयरले थप एक नयाँ जहाज ल्याएको छ । 
 
शुक्रबार नाइनएन- एओसी कलसाइन रहेको एटिआर-७२ जहाज बुद्ध एयरले भित्र्याएको हो।
 
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पु¥याई एक महिनाभित्र उडान सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ।
 
योसँगै बुद्धसँग अब एटिआर-७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर-४२-३२० र १४ वटा एटिआर-७२-५०० जहाज छन्।
 
हवाई उडान सहज र सरल बनाउने हेतु नयाँ जहाज थपिएको र त्यसले उडान संख्यामा वृद्धि भए अनुरुप यात्रुले आफ्नो समय अनुकल उडान भर्न सक्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए । 
 
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी र अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा उडान भरिरहेको छ ।