Trending :
 

राष्ट्रपतिले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजा गर्ने

कार्तिक ११,२०८०

-आस्था न्यूज

कात्तिक ११, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । 
 
पौडेलले राष्ट्रप्रमुखको रुपमा बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगी त्यहाँ नवदुर्गा भवानीको पूजाअर्चना गर्ने भएका छन् । 
 
पौलेले शनिबार दिउसो ४ बजे नवदुर्गाको पूजाअर्चना एवम् दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
 
१५ दिन लामो २०८०को बडादशैं आजदेखि धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदै छ ।