Trending :
 

मौसमः सामान्यतया मौसम सफा, कतै हिमपात पर्न सक्ने

कार्तिक १२,२०८०

-आस्था न्युज

कार्तिक १२, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।
 
पश्चिमी वायुको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
 
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
 
देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ।