Trending :
 

लागू औषध सेवन गरी आफ्नै साथीको हत्या, २ जना पक्राउ

कार्तिक १२,२०८०

-आस्था न्युज

कात्तिक १२, २०८० काठमाडौं ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।
 
प्रहरीले हत्या आरोपमा जनकपुरधाम-२४ को बसहियाका पवन सहनी र मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेको हो । 
 
कार्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीले हत्यामा उनकै साथीहरु सहनी र मण्डलको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ । 
 
जटहीमा रहेको नेपाल-भारत सीमा पारिबाट लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा भाटाले प्रहार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ । 
 
घटनाको क्रममा मृतकले प्रयोग गरेको साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले लगाएको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ ।
 
पक्राउ परेका दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा लगाइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।