Trending :
 

संसद भवन पश्चिम गेटमा शान्ति समाजको भद्र अवज्ञा, २७ जना पक्राउ

कार्तिक १२,२०८०

-आस्था न्युज

कात्तिक १२, २०८० काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाजले संसद भवन अगाडि विरोध प्रदर्शन गरेको छ । विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्नेलगायतका माग राख्दै प्रर्दशनमा उत्रिएका २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, अध्यक्ष रामकृष्ण बराललगायतका पदाधिकारी र सदस्यहरुसहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
 
उनीहरुलाई बानेश्वर प्रहरी  वृतमा राखिएको छ । 
 
संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने तथा फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने मागसहित प्रर्दशन गरिएको समाजका अध्यक्ष बरालले जानकारी दिए । 
समाजका अध्यक्ष बरालले २१ असोजदेखि नै देशका विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन हुँदै आएको र आजको प्रर्दशन त्यसकै निरन्तरता भएको बताए ।