संचार माध्यममा सानिमा बैंक बारे प्रकाशित भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण
-आस्था न्युज
कात्तिक १२, २०८० काठमाडौं ।
विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा सानिमा बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएको भन्दै त्यस्ता समाचारको पछि नलाग्न सेवाग्राहीहरुमा अनुरोध समेत गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै बैंकले उक्त समाचारमा सत्यता नभएको जनाउदै बैंकका शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराएको छ ।
बैंकले सदैव नियामक निकायबाट जारी निर्देशनहरुको पालना गर्दै आएको साथै संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैंकिङ्क व्यवसाय गर्दै आएको पनि स्पष्ट पारेको छ ।
यआगामी दिनमा तयस्ता खाले भ्रामक गतिविधिका विरुद्द कानूनी कारबाहीको प्रक्रिया समेत अघि बढाउन बाध्य हुने बैंकले चेतावनी दिएको छ ।