Trending :
 

मौसमः पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं । 
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मैसम आंशिक बदली हुनेछ । 
 
सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । 
 
पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 
 
आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
 
हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।