Trending :
 

पशुपालन र तरकारी बिक्रीबाट गाउँमै मनग्य आम्दानी

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं । 
स्याङ्जाको फेदीखोला गाउँपालिका-३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश पस्नुभयो । पढाइमा अब्बल मानिनुभएका उहाँको १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उहाँ विदेश पसेर राम्रै कमाइ गर्न थाल्नुभयो तर विरामी परेपछि स्वदेश फर्कनुभयो ।
 
उहाँले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका-२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गर्नुभयो । रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख ऋणम डुुब्यो ।
 
व्यवसायबाट सन्तुष्ट हुन नसक्नुभएका उहाँले कुखुरापालन छोडेर रु १० लाख ऋण लिएर महालक्ष्मी कृषि तथा पशुपालन फार्ममार्फत पुनः उहाँले भैँसी पाल्न सुरु गर्नुभयो । “अहिले फार्ममा छ  भैँसी र तीन गाई छन्, भैँसीमध्ये तीन दुुहुना र तीन ब्याउनी हुन्, गाईमध्ये एक दुहुनो, एक ब्याउनी र एक बाच्छी हुन्”, उहाँले भन्नुभयो, “चार पाडी अँधिया पाल्न दिएको छु, दैनिक ३०/३५ लिटर दूध उत्पादन हुन्छ, वार्षिक रु १२ देखि १५ लाखको दूध बिक्री हुन्छ ।” कुनै बेला १८ सम्म भैँसी पु¥याउनुभएका उहाँले कामदार अभावमा भैँसीलाई घटाएर गाई थप्नुभयो ।
 
उहाँले १४ टनेलमा गोलभेँडा, काँक्रो, सिमी, काउलीलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ । “तीनदेखि पाँच  टनेलबाट वार्षिक दुई हजार, २१ सय किलो अमिता जातको गोलभेँडा उत्पादन गरेर बिक्री गर्ने गरेको छु”, उहाँले थप्नुभयो, “गोलभेँडा गुणस्तरीय भएकाले प्रतिकिलो रु एकसय २० मा सजिलै बिक्री हुन्छ, गोलभेँडाको वार्षिक रु दुई लाख ४० हजारको कारोबार हुन्छ ।”
 
त्यस्तै उहाँले तीन  टनेलबाट वार्षिक चार हजार किलो बेमौसमी क्राँक्रो उत्पादन गर्दै आउनुभएको छ । किसान अनिलले रु एक सय ४० देखि रु एक सय ५० मा प्रतिकिलो काँक्रो बिक्री गर्दै आउनुभएको छ । उहाँले काँक्रोको वार्षिक रु पाँच लाखको कारोबार गर्नुहुन्छ । उहाँले काँक्रो सकिएपछि खरभुजा लगाउने जानकारी दिनुभयो । “मेरो फार्ममा तीन टनेलमा इटलियन एफवान जातको वार्षिक पाँच÷छ सय किलो सिमी उत्पादन गर्दै आएको छु”, उहाँले भन्नुभयो, “सिमीको बजार भाउ रु ७० देखि रु एक सय २० सम्म हुन्छ, सिमीको पनि रु ६० देखि रु ८० हजारसम्मको कारोबार हुन्छ । 
 
यस्तै उहाँको फार्ममा चार/पाँच सय बोट काउली हुर्किरहेका छन् । काउली प्रतिकिलो रु एक सयदेखि एक सय ५० सम्ममा बिक्री हुन्छ । एक महिनाभित्र यहाँ उत्पादित काउली बजार पठाउन सकिने उहाँले बताउनुभयो । उहाँले यसअघि उत्पादन भएको काउलीको एक वर्षको अवधिमा रु ५० हजारको कारोबार भएको दाबी गर्नुभयो । उहाँले वार्षिक ८०/९० मुरी धान समेत उत्पादन गर्नुहुन्छ । अनिलले उत्पादित तरकारी र दूध पोखराका विभिन्न डेरी र पसलमा आफैँले पु¥याएर फर्कनुहुन्छ ।
 
फार्म ७० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्योमध्ये ३५ रोपनी आफ्नै जग्गा र ३५ रोपनी भाडाको जग्गा हो । अनिलको कामदार र परिवारका लागि छुट्टाछुट्टै दुई वटा आवास, एक गोठ, १४ प्लाष्टिक टनेल छन् । उहाँले उन्नत जातका घाँस पनि लगाउनुभएको छ । “युएनडिपीको कार्यक्रमअन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा पाँच टनेलका लागि रु पाँच लाख पाएपछि व्यवसाय विस्तारका लागि झन हौसला बढ्यो”, उहाँले भन्नुभयो, “युएनडिपीको अनुदान प्राप्त गर्नका लागि गाउँपालिकाले मलाई सिफारिस ग¥यो ।”
 
उहाँले गाउँपालिकाले किसानले उत्पादन गरेको कृषिउपज खरिद गर्ने कार्य प्रशंसायोग्य भए पनि खरिद मूल्य अत्यन्त न्यून रहेको दुखेसो पोख्नुभयो । “