Trending :
 

संघीय संसदका दुबै समितिको बैठक बस्दै

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं । 
संघीय संसद अन्र्तगतका दुई समितिको बैठक आज बिहान बस्ने भएको छ । 
 
राष्ट्रिय सभा अन्र्तगत, विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
 
पूर्वाधार विकास समितिको बैठकमा निर्माणाधिन संघीय संसद भवनको स्थलगत निरीक्षण प्रतिवेदन प्रस्तुत गर्नाका साथै उपसमिति गठन गर्ने लगायतका विविध विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
 
यस्तै विधायन व्यवस्थापनको बैठकमा भने समितिले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको छ । 
 
दुवै बैठक सिंहदरबारस्थित समितिको आ–आफ्नै सभाकक्षमा बस्दैछ ।