Trending :
 

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १७ हजारमा कारोबार

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँले घटेर प्रतितोला  १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो ।
 
गत आईतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । 
 
यस्तगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।