Trending :
 

टी-२० विश्वकप एसिया छनोटः सिंगापुरविरुद्ध नेपाल ८ विकेटले विजयी

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं ।
टी-२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरलाई नेपालले ८ विकेटले हराएको छ । 
 
समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको किर्तिपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको सिंगापुरले दिएको १ सय ४६ रनको चुनौति लाई नेपालले १६.३ ओभरमा मात्रै २ विकेट गुमाएर पुरा गरेको हो । 
 
निर्धारित २० ओभरको खेलमा ९ विकेटको  क्षतिमा सिंगापुरले १ सय ४५ रनको बनाएको थियो ।  
 
नेपालका लागि ओपनर व्याट्सम्यानद्वय आसिफ शेख र कुशल भुर्तेलले ८ ओभरको सहकार्यमा  उनीहरुले ८४ रनको साझेदारी गरे । 
 
सिंगापुरले दिएको मध्यम लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ४६ बल खेल्दै ७४  रनको गर्विलो योगदान गरे ।  
 
ओपनिङमा आएका आसिफले २६ बल खेलेर १ छक्का र २ चौकाको मद्दतमा २७ रन बनाए । उनलाई सिंगापुरका अक्षय पुरीले आउट गरे । 
 
तेस्रो नम्बरमा व्याटिङ गर्न मैदान आएका क्याप्टेन रोहित पौडेलले अविजित ३५ को योगदान दिए भने कुशल मल्लले अविजित ६ रन बनाए । 
 
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।