Trending :
 

हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर गम्भीर देखेः गुटेरेस

कार्तिक १३,२०८०

-आस्था न्युज

कात्तिक १३, २०८० काठमाडौं ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले, नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको  गम्भीर असर देखेको बताएका छन् । 
 
आज सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको  दर्दनाक अवस्था देखेको बताएका छन् । 
 
आधिकारीक ट्वीटर ह्याण्डलबाट महासचिव गुटेरेसले, आफू माउन्ट एभरेष्टको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन् । 
 
उनले तापक्रम वृद्धी र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवन र जीवनशैली नै चुनौतिपूर्ण बनेको बताएका छन् । 
 
उनले हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रीमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत गराएका छन् ।