Trending :
 

मौसमः पहाडी भू-भागमा मौसम आंशिक बदली हुने

कार्तिक १४,२०८०

-आस्था न्युज

कात्तिक १४, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मैसम आंशिक बदली हुनेछ । 
 
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
 
मंगलबार दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ । 
आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।