अर्थ गतिविधि :
कार्तिक ३०,२०७४
-
३० कार्तिक,डोल्पा-
डोल्पाको जुफाल विमानस्थलमा सीता एअरको परीक्षण उडान सफल भएको छ । बुधवार बिहान नेपालगञ्जदेखि डोल्पाका लागि भएको पहिलो उडान सफल भएको सीता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिए ।
शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एकसाताभित्रै नियमित उडान शुरु गर्ने कम्पनीको योजना छ ।
डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान शुरु भइसकेपछि यात्रुको चापका आधारमा दिनमा तीन ओटासम्म उडान भर्ने उनले जानकारी दिए ।
प्रमुख समाचार