Trending :
 

मानव बेचबिखन अभियोगमा त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी पक्राउ

कार्तिक १४,२०८०

-आस्था न्युज

कात्तिक १४, २०८० काठमाडौं ।
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एकजना प्रहरी नै पक्राउ परेका छन् । 
 
सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी हिजो नै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ ।
 
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङको मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरी उनिमाथि आवश्यक अनुसन्धान भैरहेको छ ।
 
मानव बेचबिखनमा संलग्न गिरोहसँग मिलेर तामाङले नक्कली कागजात बनाउने र भ्रमण भिसामा  समेत नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता पाइएको प्रहरीले जनाएको छ ।
 
तामाङसँगै मानव तस्करीकै अभियोगमा अर्का एक व्यक्ति समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।