Trending :
 

यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर

कार्तिक १४,२०८०

-आस्था न्युज

कात्तिक १४, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (कात्तिक १४ गते) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
 
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा पुगेको छ।
 
युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसा रहेको छ।
 
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १७ पैसा र बिक्री दर १६१ रुपैयाँ ८९ पैसा रहेको छ।
 
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।