Trending :
 

बाराका शिक्षकमाथि गोली हानी हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ

कार्तिक १४,२०८०

-आस्था न्युज

कात्तिक १४, २०८० काठमाडौं ।
सोमबार दिउँसो कलैया उपमहानगरपालिका-६ मा शिक्षक रुपेश सर्राफमाथि गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न भएको आशंकामा एक जना पक्राउ परेका छन्। 
 
जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीले थप विवरण खुलेपछि मात्र उनको नाम सार्वजनिक गर्ने बताएको छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ।
 
सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक सर्राफलाई अज्ञात समूहले गोली हानेको थियो।