Trending :
 

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

कार्तिक १४,२०८०

-रासस

कात्तिक १४, २०८० काठमाडौं ।
जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल  र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 
उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता  श्रीमान् वृषबहादुरले बताउनुभयो ।