Trending :
 

ओखलढुंगा आगलागीमा परी एक महिलाको मृत्यु

कार्तिक १४,२०८०

-आस्था न्यूज

कात्तिक १४, २०८० काठमाडौं ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ हर्कपुरमा जलेर एक महिलाको मृत्यु भएको छ ।
 
भान्सा कोठाको चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
 
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।