Trending :
 

नेपालले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छः महासचिव गुटरेस

कार्तिक १४,२०८०

-आस्था न्यूज

कात्तिक १४, २०८० काठमाडौं ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, संक्रमणकालिन न्यायलाई टुङ्गोमा पुर्याउने कुराले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 
 
मंगलबार संघीय संसदका दुबै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्दै, गुटेरेसले नेपालको अन्तिम दिशामा हरेको नेपालको शान्ति प्रक्रिया पुरा गर्न संक्रमणकालिन न्याय निरुपणमार्फत सहयोग पुग्ने विश्वास व्यक्त गरे । तर यो प्रक्रिया त्यति सहज नभएको उनको भनाई छ । 
 
तर अन्र्तराष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको आदेशको आधारमा नेपालमा शान्ति प्रक्रियामा भएको प्रगति र समाधान खोज्ने प्रयासलाई उनले स्वागत गरे । 
 
शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन काममा नेपाल एक्लो नरहेको उनको भनाई छ । 
 
उनले भने ‘अन्तर्राष्ट्रिय मापदण्डहरू, सर्वोच्च अदालतको निर्णयहरू, र पीडितहरूको आवश्यकताहरू पूरा गर्ने गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन संयुक्त राष्ट्रसंघ तपाईंलाई सहयोग गर्न तयार छ।’
त्यस्तै उनले नेपाल र संयुक्त राष्ट्र संघ पुरानो मित्र भएको दोहो¥याउँदै गहिरो सहकार्य रहेको स्मरण गरे । 
 
उनले क्षेत्रफलका हिसावले सानो भएपनि नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले भने ‘यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । 
 
पृथ्वीका सबै देशहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो देश हो। नेपाली जनताको समर्पण, साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु ।’