Trending :
 

विधायन व्यवस्थापन समितिले जलवायु परिवर्तनबारे स्थलगत अध्ययन गर्ने

कार्तिक १४,२०८०

-आस्था न्यूज

कात्तिक १४, २०८० काठमाडौं ।
राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन, समितिले जलवायु परिवर्तनको विषयमा प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्ने भएको छ । 
 
राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन, समितिका सभापति जयन्ती देवी राईले १७, १८ गते दुईवटा समूह भएर प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्ने निर्णय भएको बताईन् । 
 
उनले भनिन्, ‘१७, १८ गते दुईवटा समूह भएर फिल्ड भिजिट गर्ने र त्यसपछिको बैठकमा विज्ञहरुसँग छलफल गर्ने, विज्ञहरुसँगको छलफलको लागि विज्ञहरुको नाम पनि छनोट गर्नुपर्ने छ ।’
 
यस्तै, समिति सदस्य विमला राई पौडेलले फिल्डमा गएर जलवायु परिवर्तनको प्रभावबारे स्थलगत रुपमा अध्ययन गर्दै सरकारी प्रयासको मुल्याङ्कन हुनु पर्ने बताइन् । 
 
उनले भनिन्, ‘फिल्डमा गएर हामी हेर्ने भनेको जलवायु परिवर्तनको प्रभाव कतिको परेको छ । किसानले त्यसलाई कसरी भोगिरहेका छन् । अर्को पक्ष भनेको दुईवटा मन्त्रालयबाट आएका कुराहरु किसानले महशुस गरेका छन् की छैनन् । फिल्डमा कति गएको जस्तै मौसमको एप पठाएका छौँ । हामीले त्यसले हामीलाई जलवायु परिवर्तनसँग लड्नको लागि मद्दत गरेको छ कि छैन् हेर्न हो ’