Trending :
 

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित

कार्तिक १४,२०८०

-आस्था न्यूज

कात्तिक १४, २०८० काठमाडौं ।
राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । 
 
राष्ट्रियसभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेश गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रियसभाबाट उत्पत्ति भएको यो विधेयक अब प्रतिनिधिसभामा जानेछ ।
 
राष्ट्रियसभाको अर्को बैठक कात्तिक १६ गते बिहीबार अपराह्न एक बजे बस्नेछ ।