Trending :
 

एनआरएन कार्यालयमा तनाव, फोटो खिच्न खोज्दा पत्रकारमाथि हातपात

कार्तिक १४,२०८०

-आस्था न्यूज

कात्तिक १४, २०८० काठमाडौं ।
गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा तनाव भएको छ । 
 
एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यक्रम भइरहेका बेला त्यहाँ पुगेका पत्रकारले फोटो खिच्न थालेपछि विवाद भएको र फोटो डिलेट गर्न भनेपछि युवासंघका कार्यकर्ताले हातपात गरेको पत्रकार ओम शर्माले बताए । 
 
पत्रकार शर्माको मुखमा चोट लागेको छ । 
 
चारदिशा डटकमका सम्पादक समेत रहेका पत्रकार शर्मा पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष हुन् । 
 
नेपाल न्युज बंैकसंग उनले भने ‘ म त्यहाँको कार्यक्रमबारे जानकारी लिन पुग्दा फोटो नखिच्न भन्दै आक्रमण भएको हो । म कुनै पनि पक्षको मान्छे होइन् । ’ 
 
उनले आफुले आफूमाथि आक्रमण गर्नेमाथि कारबाहीको मागगर्दै जाहेरी दिन दरबार मार्ग प्रहरी कार्यालय पुगेको जानकारी दिए । 
 
कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला आर के शर्मासहितको टोली पुगेपछि विवाद र हातपात भएको बद्री केसी समुहले बताएको छ । 
 
पराजित पक्षले वाईसिएल कार्यकर्ताको सहयोगमा केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको दाबी छ । पराजित पक्षले भने युवासंघका कार्यकर्ताले आरके शर्मालाई दुर्व्यवहार गरेको तथा बुद्धि सुबेदी र ओम शर्मालाई हातपात गरेर लखेटेको आरोप लगाएका छन् ।