Trending :
 

मौसमः पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मैसम आंशिक बदली हुनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
 
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
 
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
 
बुधबार दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ । 
 
आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।