Trending :
 

डिजेलको मूल्य घट्यो,पेट्रोल र ग्यासको मूल्य यथावत

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौं ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
 
मंगलबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै मध्यराति १२ बजेबाट लागूहुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटेको जानकारी दिएको हो ।
 
भारतबाट आएको नयाँ मूल्यसूचीमा घटेको डिजेलको मूल्य घटाएको छ भने बढेर आएको पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ।