Trending :
 

बढ्यो युरो र पाउण्डको विनिमय दर

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
 
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा पुगेको छ । मंगलबारको तुलनामा आज पाउण्को भाउ बढेको छ । मंगलबार पाउण्ड १६१ रुपैयाँमा कारोबार भएको थियो ।
 
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ  ९१ पैसा रहेको छ । 
 
आज युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । मंगलबारको तुलनामा युरोको भाउ बढेर आएको छ । मंगलबार युरो १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसामा कारोबार भएको थियो ।
 
आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६२ पैसा र बिक्री दर ८५ रहेको राष्ट्र बैंकले जनाएको छ ।