Trending :
 

तेस्रो दिन पनि घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौँ ।
 नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ ।
 
नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम रहेको छ । 
 
हिजो प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। 
 
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।