Trending :
 

अरिंगालले चिलेर एकजनाको मृत्यु, एक घाइते

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौँ ।
घाँस काट्ने क्रममा अरिंगालले चिल्दा इलाम नगरपालिका-१२ साङरुम्बामा एकजनाको मृत्यु भएको छ ।
 
अरिंगालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
उनीसँगै अरिंगालले चिलेर घाइते भएका उनका ससुरा ५९ वर्षीय यामबहादुर लिम्बूको उपचार भइरहेको छ । 
 
घाँस काटिरहेका बेला नजिकै रहेको चिलाउनेको रुखबाट उडेर फैलिएका अरिंगालले उनीहरुलाई चिलेको जनाइएको छ ।