Trending :
 

प्रतिनिधि सभामा सबै समुदायको वास्तविक प्रतिनिधित्व हुनुपर्छः लामिछाने

कार्तिक १५,२०८०

-आस्था न्यूज

कात्तिक १५, २०८० काठमाडौँ ।
प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रवि लामिछानेले जनसंख्याका आधारमा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
 
आज समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
 
संविधानको धारा ८४ को उपधारा २ मा भएको व्यवस्थाअनुसार जनसंख्याको आधारमा ती सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् ।
 
यस्ता विषयमा ठोस छलफल गरी सरकारलाई निर्देशन दिनुपर्ने भन्दै लामिछानेले त्यसैअनुसार निर्णय हुनुपर्ने अन्यथा हाजिर गर्ने जाने चलन राम्रो नभएको बताए ।
 
संविधानले व्यवस्था गरेअनुसार वास्तविक प्रतिनिधित्व हुनुपर्ने तर लक्षित समुदायबाहेक अरुले प्रतिनिधित्व गरेर आफ्नो स्वार्थ पूरा गर्ने काम हुनु नहुने उनको भनाइ छ ।