मौसमः पहाडी भूभागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना
-आस्था न्यूज
कात्तिक १६, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधबार दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।
आज राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।