Trending :
 

टी-२० विश्वकप एसिया छनोटः फाइनलमा नेपाल झिनो रनले पराजित

कार्तिक १६,२०८०

-आस्था न्यूज

कात्तिक १६, २०८० काठमाडौं ।
टी–२० विश्वकप एसिया छनोट खेलमा ओमान नेपाललाई हराउँदै समुह ए को बिजेता बनेको छ । ओमान पाँच रनले विजयी भयो ।
 
ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४०   रन बनायो हो । 
 
नेपालका लागि  २४ बल खेलेका बिवेक यादवले सर्वाधिक ३९ रन बनाए ।  १८ बलको सामना गरेका कुशल भुर्तेलले २६ रन बनाए । रोहित,पौडेल सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाए । यस्तै गुल्सन झा ३, विकेक यादव २ र कुशल मल्लले १० रनमा आउट भए । 
 
पावर प्लेमा ओमानलाई दबाबमा राखेको नेपालले सोही नियती भोग्नुपर्यो । पाँच ओभरको खेल समाप्ति हुँदा ओमानले ४ विकेटको क्षतिमा ४३ रन मात्र बनाएको थियो । यता, ओमानले आठौं ओभरको सुरुवातमा रोहित पौडेललाई आउट गराउँदा नेपालले ५६ रन मात्रै बनाएको थियो । सुरुबाटै नेपाललाई दबाबमा राख्न सफल रह्यो ।
 
ओमानका विलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इलियास, मेहरान खान र शकील अहमदले समान २÷२, विकेट  लिए । 
 
नेपालले टस जितेर ओमानलाई पहिला व्याटिङको निम्तो दिएको थियो । ओमानले नौ विकेटको क्षतिमा १४५ रन बनायो । 
 
टीयू मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिगेका थिए भने सोमपाल कामी,सन्दीप लामिछानेले र करण केसीले समान २÷२ विकेट लिँदा अविनास बोहोरा,गुल्सन झाले समान १÷१ विकेट लिएका थिए ।
 
ओमानका लागि क्याप्टेन जीसन मक्सुदले २६ बल खेलेर सर्वाधिक ३२ रन बनाएका थिए । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । 
 
नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए ।