Trending :
 

प्रधानमन्त्री भएकाहरुसँग विकासको खाका नहुँदा देश असफल हुने नै भयोः सांसद सुवाल

कार्तिक १६,२०८०

-आस्था न्यूज

कात्तिक १६, २०८० काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री भएकाहरुसँग विकासको खाका नभएपछि देश असफल हुने टिप्पणी गरेका छन् । 
 
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानमन्त्री भएकाहरुले आफ्नो जिल्लामा एउटा पुल बनाउने बाहेक अरु कुनै उदाहरण दिन नसक्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री भएकाहरुसँग विकासको खाका नभएपछि देश असफल हुने तर्क गरे । 
 
‘प्रधानमन्त्री भएकाहरुसँग विकासको खाका नभएपछि देश विफल हुन्छ । कम्युनिष्ट दाबी गर्नेहरु पुँजीवादी सरकारमा गएर मजदुर र किसान विरुद्ध र विदेशी पुँजीको दलाल भएर काम गरेपछि देश असफल हुन्छ ।’
 
उनले भने, ‘प्रधानमन्त्री भएकाहरुले आफ्नो जिल्लामा एउटा पुल बनाउको बाहेक अरु कुनै उदाहरण दिन नसकेपछि देश विफल हुन्छ । ’
 
त्यस्तै उनले देशमा मनोमानि चलेको भन्दै उनले शक्तिमा हुनेले जे गरेपनि हुन्छ भन्ने मानसिकता हावी भएको जिकिर गरे । 
 
उनले भने ‘मालिकहरुले दासलाई मारे मुद्दा चल्दैनथ्यो आज देशमा त्यहि भएको छ । ’