Trending :
 

केही विधेयकहरु पारित गर्दै सदनको बर्षे अधिवेशन अन्त्य

कार्तिक १६,२०८०

-आस्था न्यूज

कात्तिक १६, २०८० काठमाडौं ।
संघीय संसदको बर्षे अधिवेशन अन्त्य भएको छ । 
 
राष्ट्रपति रामचन्द्र पौडेलले, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदका दुबै सदनको चालु अधिवेशन आज राती १२ः०० बजेदेखि अन्त्य भएको घोषणा गरेका हुन् । 
 
एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चालु अधिवेशनको अन्त्य हुने जानकारी दिएका हुन् । 
 
गत वैशाख २४ गतेबाट शुरु भएको अधिवेशन बजेटसंग सम्बन्धित लगायतका अन्य केही विधेयकहरुलाई पारित गरेर अन्त्य हुन लागेको हो । 
 
सरकारले गत असोज मसान्तमै बर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेपनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको भ्रमण र संसदको संयुक्त बैठकलाई संवोधन गर्ने कार्यतालिका भएपछि जारी राखिएको थियो ।