Trending :
 

मौसमः पहाडी भू–भागमा आंशिक बदली रहने

कार्तिक १७,२०८०

-आस्था न्यूज

कात्तिक १७, २०८० काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदाँ देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको छ ।
 
दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको भने उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 
आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का भने हिमपातको सम्भावना रहेको भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।