Trending :
 

गृहका ४० अधिकारीको सरुवा तथा पदस्थापन

कार्तिक १७,२०८०

-आस्था न्यूज

कात्तिक १७, २०८० काठमाडौं ।
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ४० अधिकृतहरूको सरुवा गरेको छ।
 
बिहिबार सूचना प्रकाशित गरी गृहले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये माताहतका ४० जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
 
सूचनामा प्रमुख जिल्ला अधिकारी र अन्य महाशाखाहरूमा उनीहरूको जिम्मेवारी तोकिएको उल्लेख छ।