Trending :
 

प्यालेस्टाइनी जनताप्रति शान्तिको कामना गर्दै आज रत्नपार्कमा जुलुश हुने

कार्तिक १७,२०८०

-आस्था न्यूज

कात्तिक १७, २०८० काठमाडौं ।
प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा वृहत जुलुश गर्ने भएका छन् ।
 
पार्टी निकटको नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले दिउँसो १ बजे रत्नपार्कबाट वृहत् जुलुश निकालिने जनाएको हो ।
 
‘अमेरिकी साम्राज्यवाद र अमेरिकी पिछलग्गु इजरायलको नरसंहारकारी तथा युद्ध पिपासु दुर्नियतको विरुद्ध भन्दै युवा विद्यार्थी संगठनले जुलुश गर्न लागेको जनाएका छन् ।  
 
रत्नपार्कबाट हुने वृहत् जुलुश सफल पार्न सबै न्यायप्रेमी तथा शान्तिप्रेमी महानुभावहरूलाई सहभागिताको लागि आयोजकले अनुरोध गरेको छ ।