Trending :
 

सम्झनामा नोभेम्बर ३ः सन् १९५७ मा अन्तरिक्षमा कुकुर पुगेको दिन

कार्तिक १७,२०८०

-आस्था न्यूज

कात्तिक १७, २०८० काठमाडौं ।
सन् १९५७ मा आजकै दिन (नोभेम्बर ३) मा पहिलोपटक कुनै पनि जीव अन्तरिक्षमा पुगेको थियो । 
 
सोभियत संघले प्रक्षेपण गरेको ‘स्पुतनिक-२’ यानमार्फत ‘लाइका’ नामक कुकुर अन्तरिक्षमा पुगेको हो । पुनः पृथ्वीमा फर्काउने कुनै योजना नरहेको उक्त कुकुर पुथ्वीको कक्षमा केही घण्टासम्म मात्र बाँचेको थियो । 
 
त्यसअघि सोभियत संघले सोही वर्षको अक्टोबर ४ मा विश्वकै पहिलो मानव निर्मित स्याटेलाइट प्रक्षेपण गरेको थियो । सोभियत संघले काजकस्तानस्थित बैकोनुर कोस्मोड्रोमबाट पृथ्वीबाट पहिलो स्याटेलाइट ‘स्पुतनिक-१’ प्रक्षेपण गरेको हो । 
 
उक्त स्याटेलाइटले ब्याट्री नसकिएसम्म तीन साता पृथ्वीको परिक्रमा गरेको थियो । ‘स्पुतनिक-१’ करिब दुई महिनापछि पृथ्वीको वायुमण्डलमा खसेको थियो ।
 
पृथ्वीको वायुमण्डलमा खसेर जल्नुअघि यसले पृथ्वीको कक्षमा एक हजार ४ सय ४० चक्कर लगाउँदै करिब ७० मिलियन किलोमिटर दूरी यात्रा गरेको थियो । 
 
दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघबीच अन्तरिक्षमा सफलता हासिल गर्ने अघोषित प्रतिस्पर्धा नै चलेको थियो । तर ‘स्पुतनिक-१’ प्रक्षेपणसँगै सोभियत संघले अमेरिकालाई पछि पारेको थियो । उक्त सफलतासँगै सोभियत संघ र अमेरिकाबीच जारी शीतयुद्ध उत्कर्षमा पुगेको बताइन्छ ।