Trending :
 

‘उपहार’ को गीत ‘वाह वाह वाह’ सार्वजनिक

कार्तिक १७,२०८०

-आस्था न्युज

कात्तिक १७, २०८० काठमाडौं ।
कलाकार रेखा थापाको चलचित्र ‘उपहार’को गीत सार्वजनिक भएको छ । 
 
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सो चलचित्रको ‘वाह वाह वाह’ बोलेको एउटा शुक्रबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । 
 
शंकर अधिकारी घायलले, लेखेको सो गीतमा बाबुल गिरी र एलिना चौहानको आवाज सुन्न सकिन्छ भने बाबुल गिरीले नै संगीत गरेका हुन् । 
 
कविराज गहतराजले नृत्य निर्देशन गरेको सो गीतको छाँयाङ्कन विष्णु कल्पितले गरेका हुन् । 
 
गीत सार्वजनिक कार्यक्रममा निर्देशक देउजाले, फिल्म झिङगेदाउको सफलतापछि उपहारमा झन् धेरै मेहेनत गरिएको बताए । 
 
उनले भने, ‘झिङगेदाउको सफलतापछि त्यसमा झन धेरै मेहनत गरेको छु यसमा । सिनेमा पनि उत्कृष्ट बनेको छ । चलचित्रको उद्देश्य मनोरञ्जन दिनु हो । समाजको कथाको सन्देश दिनु हो । सबैले हेरेर प्रतिक्रिया दिनुहोला ’
 
चलचित्र रेखा फिल्मस् र गपनगढी सिनेमा प्रालिको संयुक्त ब्यानरमा तयार भएको हो । चलचित्रको छाँयाङ्कन केही हप्ताअघि मात्रै सकिएको थियो । 
 
यो चलचित्रमा रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ । 
 
काठमाडौं सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय छ ।
 
ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको यो फिल्मले गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ ।
 
सोही  मितिमा दयाहाङ राईका दुई फिल्महरु ‘रंगेली’ र ‘लोकल हिरो’ले पनि प्रदर्शन घोषणा गरेका छन् भने नवल खड्काको ‘काँडेतार’ पनि सोही मितिमा आउँदैछ ।