Trending :
 

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

कार्तिक १७,२०८०

-आस्था न्यूज

कात्तिक १६, २०८० काठमाडौं ।
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका -५ शक्तीपुर बस्ने २८ बर्षीया सृजना डाँगी बाख्रा चराउन गएको बेला बाघको आक्रमणमा परेकी हुन् । 
 
गाउँ नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन गएको बेला डाँगीलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले बताए ।  
 
मृतक डाँगीको शव घटना स्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटना बारे जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेको थियो । शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ । 
 
गत बर्ष चिरौटे सामुदायिक वनमा नै दाउरा काट्न गएको बेला बाघको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको थियो । यस सामुदायिक वन बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरीनियाघाट वन्यजन्तु आरक्षको विचमा रहेको खाता जैविक मार्ग अन्र्तगत पर्दछ ।