Trending :
 

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्वीकृत

कार्तिक १७,२०८०

-आस्था न्यूज

कात्तिक १६, २०८० काठमाडौं ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्वीकृत गरेको छ । 
 
मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् । 
 
उनले भनिन्, ‘राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गतेका दिन स्वदेश कित हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ ।’ 
 
यस्तै, उनले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल छैठौ चीन अन्तराष्ट्रिय मेलामा सहभागि हुन चीन जान स्विकृती दिनेलगायत अन्य निर्णय गरेको जानकारी दिइन् ।