Trending :
 

जाजरकोट भूकम्पः प्रभावकारी उद्धार तथा राहतमा जुट्न राष्ट्रपतिको अपिल

कार्तिक १८,२०८०

-आस्था न्युज

कात्तिक १८, २०८० काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । 
 
राष्ट्रपति पौडेलले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 
 
जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो मानविय र भौतिक क्षति पुगेको छ ।
 
अहिलेसम्म जाजरकोटमामात्रै ९२ तथा रुकुममा ३७ जनाको ज्यान गईसकेको छ ।