Trending :
 

भूकम्प प्रभावितका लागि कोशी सरकारले १ करोड रुपैयाँसहित राहत सामग्री दिने

कार्तिक १८,२०८०

-आस्था न्युज

कात्तिक १८, २०८० काठमाडौं ।
कोशी प्रदेश सरकाले जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि १ करोड रुपैयाँ पठाउने भएको छ । यसैगरी सरकारले पीडितका लागि आवश्यक राहत सामग्री पनि पठाउने जनाएको छ ।
 
कोशी प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले भूकम्प पीडितका लागि १ करोड रुपैयाँका साथै त्रिपाल, कम्बल र म्याट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले बताए ।
 
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परेर पीडित भएकाहरूका लागि तीन प्रकारका सामग्री उपलब्ध गराउने निर्णय भएको सरकारले जनाएको छ ।
 
भूकम्प पीडितहरूको सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ तथा पीडितहरूका लागि १ हजार थान कम्बल, १ हजार त्रिपाल र १ हजार म्याट्रेस पठाउने कोशी प्रदेश सरकारले निर्णय गरेको छ ।