Trending :
 

डोटीमा जिप दुर्घटनाः ८ महिने शिशुसहित ४ जनाको मृत्यु, पाँच घाइते

कार्तिक १९,२०८०

-आस्था न्युज

कात्तिक १९, २०८० काठमाडौं ।
डोटीमा जिप दुर्घटना हुँदा चार महिनाको शिशु सहित चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएको छन् । एकको अवस्था गम्भीर रहेको छ । 
 
आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौल,केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा भएको थियो ।
 
दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
 
मृत्यु हुनेमा बाजुराको  हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि र उनको ८ महिनाकी छोरी प्रार्थना रहेका छन् ।
 
घाइते हुनेमा हिमाली गाउँपालिका-५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, ,२१ वर्षीया विमला मलाल, २१ वर्षकै राजबहादुर मलाल र २४ वर्षीय दानबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । 
 
घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ । विमलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 
जिप सडकदेखि ६० मिटर तल खसेको छ । तर,दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ। 
 
चालक २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।