Trending :
 

जाजरकोट भूकम्पबारे ठोस निणर्य गर्न विपद व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

कार्तिक १९,२०८०

-आस्था न्युज

कात्तिक १९, २०८० काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डले विपद जोखिम न्यूनिकरण  तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । 
 
 शुक्रबार राती जाजरकोटको रामीडाडाँ केन्द्रबिन्दु भई गएको ४ दशमलव ६ रेक्टरको विनासकारी भूकम्प पछिको प्रभाव, प्रभावित क्षेत्रको अवस्था र आगामी कार्यको लागि आवश्यक निणर्य गर्न बैठक बोलाईएको गृह मन्त्रालयले जनाएको छ । 
 
बैठकमा परिषद्का सबै सदस्य तथा सुरक्षा निकायका पदाधिकारीलाई उपस्थितिको लागि आह्वान गरिएको छ । 
 
बैठक बिहान साँढे ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्दै छ ।