मौसमः दिउँसो पहाडी भूभागमा आंशिक बदली, बाँकीमा सामान्यतया सफा
-आस्था न्युज
कात्तिक १९, २०८० काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।
विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ ।