Trending :
 

राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पु¥याउन रक्षामन्त्री खड्काको निर्देशन

कार्तिक १९,२०८०

-आस्था न्युज

कात्तिक १९, २०८० काठमाडौं ।
उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले, भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । 
 
रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा लागेको बताए । 
 
उनले आज र भोलिसम्ममा राहतका सबै सामग्रीहरू जिल्लामा पुर्याइने बताए । 
 
शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई ट्रकले विरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामग्री सेनाकै हेलिकप्टरले ढुवानी गरिररहेको छ । 
 
उपप्रधानमन्त्री तथा रक्षामन्त्री भुकम्प प्रभावित जिल्लामा नै छन् ।