Trending :
 

राष्ट्र बैंकद्वारा सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु

कार्तिक १९,२०८०

-आस्था न्युज

कात्तिक १९, २०८० काठमाडौं ।
नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु गरेको छ ।
 
आइतबारदेखि राष्ट्र बैंक टक्सार महाशाखाले असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।
 
चाँदीको सिक्का १० ग्राम र २५ ग्राम र सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ ।
 
चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको छ ।  चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित छ।
 
सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य भने हरेक दिन परिमार्जन हुनेछ ।