Trending :
 

भूकम्प प्रभावितलाई आरजु राइस मिलको ५ सय बोरा चालम सहयोग

कार्तिक १९,२०८०

-आस्था न्यूज

कात्तिक १९, २०८० काठमाडौं ।
आरजु राईस मिलले, भूकम्प प्रभावितका लागि ५ सय बोरा चामल पठाएको छ । 
 
जाजरकोटमा गएको भूकम्पबाट प्रभावित भएकाहरुको लागि १२ लाख मुल्य बराबरको १० टन चामल पठाइएको सो मिलले जनाएको छ । 
 
‘गएको शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट तथा रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति पु¥याएको छ । थुप्रैले आफन्तजन गुमाएका छन् । यस दुःखदमा घडिमा आरजु राइस मिलले त्यस प्रभावित भेगका लागि चामलका ५०० बोरा पठाएको छ । प्रत्येक बोरा २० केजीको रहेको छ । यसको तौल १० टन बराबर रहेको छ । चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ रहेको छ ।’ सो मिलले भनेको छ । 
 
बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतले आफ्नी जेठी छोरी ‘आरजु’ को नाममा स्थापना गरेको सो मिलले दुखको बेलामा सामाजिक दायित्व वहन गर्ने उद्देश्यले सो सहयोग पठाइएको जनाएको छ ।