Trending :
 

भुकम्प पीडितका लागि शान्ति समाजद्वारा राहत सामग्री हस्तान्तरण

कार्तिक २०,२०८०

-आस्था न्यूज

कात्तिक २०, २०८० काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाजले, जाजरकोट भुकम्प पीडितका लागि १ लाख १५ हजार मुल्य बराबरको १ सय थान ब्ल्यांकेट सहयोग गरेको छ । 
 
शान्ति समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाही र आजीवन सदस्य गोविन्द दाहालसहितको टोलीले जाजरकोटस्थित विपद् व्यवस्थापन आपुर्ति समितिलाई ब्ल्याङ्केट हस्तान्तरण गरेको हो ।
 
मानव अधिकार तथा शान्ति समाजले विगत दुई दशकदेखि प्राकृतिक वा अन्य विपत्तिवाट सुरक्षाका लागि उद्धार र राहत  प्रभावकारी एवं स्थायी संयन्त्र निर्माणमा जोड दिदैँ आएको छ ।